Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

काठमाण्डौ महानगरले सबै वडामा महिला सञ्जाल गठन गर्ने

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले यस निर्णयबारे औपचारिक जानकारी गराउनुभएको हो ।

आज बुधवार काठमाण्डौमा आयोजित काठमाण्डौ महानगरपालिका, वडा महिला सञ्जाल : गठन र सञ्चालनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उपमेयर डंगोलले एक हप्ताभित्र सबै वडामा महिला सञ्जाल गठन गरिसक्न पनि वडाहरूलाई निर्देशन दिनुभयो । महानगरपालिकाकी न्यायिक समितिका संयोजक समेत रहनुभएकी उहाँले त्यो सञ्जालमा काम गर्दा पुरुषमाथि कुनै पनि किसिमको विभेद नहुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महिला सञ्जाल वडा–वडामा गठन गर्नुपर्छ भन्ने अभियान अघि बढाएका छौँ । न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो । कुनै पनि द्वन्द्वको निरूपण गर्ने विधि भनेको मेलमिलाप नै हो । महिला सञ्जालमा पुरुष र महिलामा कुनै पनि किसिमको विभेद नगरि न्याय निरूपण गरिन्छ ।’

काठमाण्डौ महानगरले यसअघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । उपमेयर डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न त्यो केन्द्र पनि स्थापना गर्नुपरेको बताउनुभयो ।उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com