Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

रोमाञ्चक खेलमा भारतले बंगलादेशलाई अन्तिम बलमा हरायो

बंगलादेशलाई अन्तिम बलमा हराउँदै भारत अष्ट्रेलियामा जारी आईसिसी पुरूष टी-२० विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ।
वर्षाले प्रभावित भएर १६ ओभरमा छोट्याइएको खेलमा १५१ रनको लक्ष्य पाएको बंगलादेशले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो।

उसका लागि लिथन दासले सर्वाधिक ६० रन बनाए। २७ बल खेलेका उनले ७ चौका र ३ छक्का हिर्काएका थिए।
यस्तै नुरूल हसनले १४ बलमा २५ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। जाजमुल हसनले २१ रन बनाउँदा कप्तान शाकिब अल हसनले १३ र तास्किन अहमदले १२ रन बनाए।

भारतका लागि अर्सदिप सिंह र हार्दिक पाण्ड्याले २-२ तथा मोहम्मद शामीले १ रन बनाए।
त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो।

भारतका विराट ओपनर लोकेश राहुल र विराट कोहलीको अर्धशतक प्रहार गरेका थिए। कोहलीले ४४ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ६४ रनमा अविजित रहँदा लोकेश राहुलले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रन बनाए।

कप्तान रोहित शर्मा ८ बल खेल्दै २ रनमा आउट हुँदा सूर्यकुमार यादवले १६ बलमा ४ चौकासहित ३० रन जोडे।
दीनेश कार्तिक र अक्षर पटेलले ७–७ रन बनाउँदा रविचन्द्रन आश्विन १३ रनमा अविजित रहे। हार्दिक पान्ड्याले ५ रन बनाए।
बंगलादेशका मोहम्मद हसनले सर्वाधिक ३ विकेट लिए। यस्तै सकिब अल हसनले २ विकेट हात पारे।

यो जितसँगै भारत सुपर १२ को समूह २ बाट सेमिफाइनल नजिक पुगेको छ। ४ खेलबाट ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको भारतले अब अन्तिम खेलमा जिम्बावेसँग खेल्नेछ। यदि उक्त खेलमा जित हात पारे शीर्ष २ मा रहँदै भारत सेमिफाइनलमा पुग्नेछ।

यस्तै बंगलादेशले अन्तिम खेलमा पाकिस्तानलाई हराए र भारत जिम्बावेसँग पराजित भएमा नेट रनरेटका आधारमा एक टोली सेमिफाइनलमा पुग्नेछ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com