Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बढ्यो सुनचाँदीको मूल्य

भदौ,१९ काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदीकै भाउ बढेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार १०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ५०० रुपैयाँ थियो ।

पछिल्लो समय निरन्तर घट्न लागेको सुनचाँदीको मूल्य आज भने बढेको हो । भदौ महिनाको पहिलो साता तोलामा ९६ हजार २०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घटिरहेको छ । त्यसयता आजसम्ममा सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँ घटिसकेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । गत साताको शुक्रबार तोलामा ११ सय ५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले बढेको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com