Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

विस्फोटका घटनामा संलग्न भएको आरोपमा ३ जना पक्राउ

असार,१५ काठमाडौं । रुपन्देहीका विभिन्न ठाउँमा भएका विष्फोटका घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खान, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारु पक्राउ परेका रुपन्देहीका प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले बताउनुभयो ।

हिजो पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल र मोबाइलसमेत बरामद गरेको छ । उनीहरुले मधेस पिपुल्स पार्टीको नामबाट वि भिन्न व्यक्तिलाई फोन गरी धम्काएर फिरौती रकम समेत माग्ने गरेको प्रहरीको भनाइ छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com