Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

वडा अध्यक्षले वडाबासीको विद्युत महसुल तिरिदिने घोषणा

जेठ,९ काठमाडौं । पाटन नगरपालिका-९ का वडा अध्यक्ष कालुसिंह भाटले आफ्नो वडाबासी सबैको विद्युत महसुल तिरिदिने घोषणा गरेका छन् । आफ्नो मासिक पारिश्रमिकबाट वडामा रहेका सबै ग्राहकको विद्युत महसुल दिन उनले घोषणा गरेका हुन् ।

सिद्धेश्वर मावि हुक्केडाडाँमा आज आयोजित सहभोज कार्यक्रममा उनले आफू तलबका लागि नभई जनसेवाका लागि वडा अध्यक्ष बनेको दाबी गरे । आफ्नो कार्यकालभर इमान्दारीताका साथ काम गर्ने पनि उनले बताए । उनी नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्षमा विजय भएका हुन् ।

वडा अध्यक्षले पारिश्रमिक नलिने र सो रकम वडाबासीको विद्युत महशुलमा खर्च गर्ने निर्णय भैसकेको वडा सदस्य प्रेमसिंह भाटले बताए । उनले भने, हाम्रो वडामा जम्मा चार सय ५० प्रयोगकर्ता छन् । उनीहरूको मासिक न्युनतम महसुल बुझाइ दिने निर्णय भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com