Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

प्रचण्डलाइ आफ्नै बोली भयो गलपासो : निर्वाचन आयोगले थाल्यो छानविन

२५ वैशाख, काठमाडौं । भरतपुर महानगरपालिकामा रेनु दाहाल निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने पुष्पकमल दाहालको अभिव्यक्तिप्रति निर्वाचन आयोगले जाँचबुझ थालेको छ ।

प्रचण्डको भनाइबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रश्न उठाउनुका साथै उजुरीसमेत परेपछि आयोगले आन्तरिक रुपमा छानविन थालेको हो ।
‘आफ्नो दलको उम्मेदवार निर्वाचित नभए देश दुर्घटनामा जान्छ भन्ने अभिव्यक्ति प्रत्यक्षरपरोक्ष रुपमा धम्की हो भन्ने देखिन्छ । मतदाताहरुलाई यसरी धम्क्याउनु आचारसंहिता विपरीत हो भनेर उजुरी परेको छ’ आयोगस्रोतले भन्यो, ‘हाम्रो टोलीले प्रमाण जुटाई अनुसन्धान थालेको छ ।

दाहालले भरतपुरमा भएको सत्ताधारी गठबन्धनको निर्वाचन सभामा आफ्नी छोरीसमेत रहेकी माओवादी केन्द्रकी उम्मेदवार दाहाल निर्वाचित नभए देश दुर्घटनामा जाने चेतावनी दिएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com