Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

फेरि मृत भेटियो हात्ती

असार, २२ काठमाडौं । झापाको अर्जुनधारामा आज बिहान एउटा हात्ती मृत फेला परेको छ।
अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडामा हात्ती मृत फेला परेको स्थानीय बासिन्दाले बताएका छन्।

हात्ती खेतमा मृत फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। हात्ती के कारणले मरेको भन्ने खुलिसकेको छैन। हात्तीका दाह्रा, पुच्छर, खुर लगायतका सुरक्षित छ।

यो हात्ती भारतीय क्षेत्रबाट नेपाल आएको अनुमान छ। भारतीय क्षेत्रमा वर्षाका कारण डुबान हुँदा नेपालमा हात्ती आउने गर्छन्।
भारतबाट नेपाल पसेका हात्तीको समूहबाटै यो हात्ती छुटेको हुन सक्ने अनुमान छ।
जिल्ला वन कार्यालय, प्रहरी र पशु प्राविधिकको टोली हात्ती मृत भेटिएको क्षेत्रतर्फ गएका छन्।

यसअघि बुद्धशान्तिमा एक साताअघि हात्ती मृत फेला परेको थियो।
एकपछि अर्को हात्ती मरेको फेला परे पनि यसबारे सरकारी तहबाट के कारणले हात्ती मरेको भन्ने सार्वजनिक गरिएको छैन।
मानव बस्ती नजिकै हात्ती मृत भेटिनु र शरिरमा कुनै चोट नदेखिनुले करेन्ट लगाएर मारेको हुन सक्छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com