Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

नुवाकोटमा अब पालिकाबाटै निजी वन दर्ता हुने

नुवाकाेट – नुवाकोटमा निजी वन दर्ताको क्रम शुरु भएको छ । यसअघि वन कार्यालयले गर्ने निजी वनको दर्ता अब पालिकाबाटै शुरु भएको डिभिजनल वन अधिकृत रोशना पोखरेलले जानकारी दिनुभयो ।

निजी जग्गामा हुर्किएका सालको रुख काट्न वन दर्ता गरेर व्यक्तिगत र व्यावसायिक प्रयोजनका लागि उपभोग गर्न पाइने गरेर कानुनी बाटो खुला भएपछि वन दर्ताको क्रम शुरु भएको हो । सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार २०५८ साल कात्तिक १६ गते लगाएको प्रतिबन्ध ‘निजी वन दर्ता गरेर काट्न पाइने’ भनेर २०८० साल मङ्सिर ७ गते जनाएसँगै सालको रुख कटानको अवरोध हटेको हो ।

वन ऐन–२०७६ र नियमावली–२०७९ अनुसार पालिकास्तरमा निजी वन दर्ता गर्न अधिकार प्राप्त भएसँगै नुवाकोटको विदुर नगरपालिका र लिखु गाँउपालिकामा साल रुख हुर्काउँदै आएका किसानले निजी वन दर्ता गर्न शुरु गरेका छन् ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com