Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

भारतमा सरसफाइकर्मी ११ जना महिलाले संयुक्त रुपमा जिते १० करोड रुपैयाँको चिट्ठा

काठमाण्डौ – भारतको केरला राज्यमा सरसफाइको काम गर्ने ११ जना महिलाले संयुक्त रुपमा १० करोड भारतीय रुपैयाँको चिट्ठा जितेका छन् ।

नौ जनाले २५–२५ रुपैयाँ र दुई जनाले साढे १२ रुपैयाँका दरले रकम उठाएर संयुक्त रुपमा खरिद गरेको दुई सय ५० रुपैयाँको चिट्ठाले १० करोड रुपैयाँ जितेको बीबीसीले जनाएको छ ।

उनीहरुले सरकारलाई तिर्नुपर्ने कर कटाएर ६ करोड ३० लाख रुपैयाँ पाउनेछन् । 

दामासाहीले भाग लगाउँदा २५ रुपैयाँको दरले रकम उठाउने नौ जनाले जनही ६३ लाख रुपैयाँ र साढे १२ रुपैयाँका दरले रकम उठाउने दुई जनाले संयुक्त रुपमा ६३ लाख रुपैयाँ पाउनेछन् ।

नकुहिने फोहोर संकलन गर्ने ती महिलाले दिनको दुई सय ५० रुपैयाँ ज्याला पाउँछन् । 

चरम अभावको जीवन बिताइरहेका आफुहरुको लागि चिट्ठाको रकम बरदान सावित भएको उनीहरुले बताएका छन् ।

लाखौँ रुपैयाँको चिट्ठा जिते पनि उनीहरुले काम भने नछाड्ने बताएका छन् । यही कामले भाग्य खुलेको कारण काम नछाड्ने निर्णय गरेको ७२ वर्षकी कुट्टीमालुले बताउनुभएको बीबीसीले जनाएको छ ।

केरला राज्यमा निजी चिट्ठा कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ । तर राज्य सरकार स्वयंले एउटा अत्यधिक लोकप्रिय कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com