Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

खुलामञ्चलाई खुल्लै रहन दिऊँ : बाबुराम

माघ,५ काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले खुलामञ्चलाई खुल्लै राख्नुपर्ने बताएका छन् । खुलामञ्च मासेर फुटबल मैदान बनाउने विषय बाहिरिएपछि उनले सामाजिक सञ्जाल मार्फत यस्तो अपिल गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल हो । मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मञ्चमा ऋषिकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अझै सम्झना हुन्छ ।

’उनले खुलामञ्चलाई अझै व्यवस्थित गरेर आमजनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाउनुपर्ने माग गरेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com