Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

इरानी सैन्य कमान्डर सुलेमानीको चिहान नजिकै भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ९५ पुग्यो

इरानका जनरल कासिम सुलेमानीको चौथो स्मृति दिवसका दिन उहाँको चिहान नजिकै भएका दुईवटा विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या ९५ पुगेको छ । हिजो भएको विस्फोट लगत्तै कम्तीमा ७३ जनाको ज्यान गएको पुष्टि भएको थियो ।

सुलेमानीको स्मृति दिवसमा केरमन सहरको साहेब अल–जमान मस्जिद नजिकै विस्फोट भएको हो । घटनामा अरु एक सय ५० जनाभन्दा धेरै घाइते भएका छन् । सन् २०२० मा छिमेकी इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका सुलेमानीको सम्झनामा आयोजित समारोहमा सयौँ मानिसहरू चिहानतर्फ जाँदै गर्दा विस्फोट भएको बीबीसीले जनाएको छ ।

सुलेमानीलाई इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेइपछि सबैभन्दा शक्तिशाली व्यक्तित्वका रूपमा हेरिन्थ्यो । सन् २०२० मा उहाँको हत्याको आदेश दिने तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुलेमानीलाई विश्वकै एक नम्बर आतङ्ककारीको संज्ञा दिनुभएको थियो ।

केरमन प्रान्तका उप–गभर्नरले यो घटनालाई आतङ्कवादी आक्रमण भएको टिप्पणी गर्नुभएको छ । तर कसले विस्फोट गराएको हो भन्ने अहिलेसम्म यकिन भएको छैन ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com