Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

श्रीलङ्काको नौसेनाले पक्राउ गरेका २२ जना भारतीय मछुवा रिहा

श्रीलङ्काको अदालतले पक्राउ परेका २२ जना भारतीय मछुवालाई रिहा गर्न आदेश दिएको छ । तमिलनाडुको रामनाथपुरम जिल्लाको मण्डपम र पुडुकोट्टईमा माछा मार्ने बन्दरगाहबाट निस्केका उनीहरुलाई श्रीलङ्काको जाफनाको डेल्फ्ट टापु नजिकैबाट पक्राउ गरिएको थियो । 

श्रीलङ्काको जलक्षेत्रमा प्रवेश गरेको आरोपमा त्यहाँको नौसेनाले उनीहरुलाई गएको जुन २२ तारिखमा पक्राउ गरेको थियो । साथै मछुवाबाट भारतीय डुङ्गा समेत नियन्त्रणमा लिइएको थियो । पक्राउ परेका २२ जना मछुवालाई स्थानीय प्रहरीले अनुसन्धानपछि अदालतमा उपस्थित गराएको थियो । 

न्यायाधीशले उनीहरुलाई जुलाई ५ तारिख अर्थात् हिजोसम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको थियो । हिरासत पूरा भएपछि फेरि अदालतमा पेस गरिएका उनीहरुलाई अदालतले रिहा गर्न आदेश दिएको समाचार संस्था एएनआईले जनाएको छ ।

हिजो रिहा भएका २२ जना भारतीय मछुवा केही दिनभित्रै घर फर्किने अपेक्षा गरिएको मछुवा सङ्घलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com