Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

स्कुटर दुर्घटना हुँदा बाबुको मृत्यु, छोरी घाइते

असार, १७ काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डु तिनधारेमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बा. ९३ प ५८८१ नम्बरको स्कुटर दुर्घटना हुँदा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजार बस्ने ४५ वर्षीय कृष्ण कुमार त्वाटीको मृत्यु भएको हो ।

इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति करिब साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले बताए । कृष्णकुमारले चलाएको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । स्कुटरको पछाडि बसेकी कृष्णकुमारकी छोरी १९ वर्षीया अनिता त्वाटी दुर्घटनामा सामान्य घाइते भएकी छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com