Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

जाजरकोटमा पोखरीमा डुबेर दुई बालकको मृत्यु

२७ जेठ, काठमाडौं । पोखरीमा डुबेर जाजरकोटमा दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका-१३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा सन्दीप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेको प्रहरीले बताएको छ ।

उनीहरू खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा हिजो डुबेर मृत्यु भएको जाजरकोटमा प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए ।
उनका अनुसार दुवै बालक विद्यालयबाट फर्केर घरमा खाजा खाई खेल्न गएका थिए ।

उनीहरू डुबेको स्थानीयले देखेपछि एक जनालाई मिसन अस्पताल चौरजहारी र अर्को एक जनालाई जिल्ला अस्पताल जाजरकोट लिइएको थियो । तर, दुई जनालाई अस्पताले मृत घोष्णा गरेको प्रहरी निरीक्षक थापा नेपालीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com