Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

नालामा खसेर ११ वर्षीय बालकको ज्यान गयो

भदौ,११ काठमाडौं । कास्की – पोखरा महानगरपालिका वडा नम्बर १६ मा नालामा खसेर एक जनाको ज्यान गएको हो । गएराति परेको वर्षाले सडकबाट चिप्लीएर नालामा खसेका ११ वर्षीय रविन तिवारीको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताउनु भयो ।

पोखरा १९ काउरेका रविन आमा र दिदीसँग दर खाएर राति साढे ८ बजे घर फर्किदै गर्दा नालामा खसेको उहाँले बताउनुभयो । राति नालामा खसेपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए । नालामा खसेको करिब साढे १ घण्टामा भेटिएका उनलाई पोखराका मणिपाल अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com