Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन : केपी ओली

काठमाडौं १६चैत । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिवद्धता पत्र तयारी भर्चुअल कार्यशाला आयोजना गरेको छ । ७५३ वटै स्थानीय तह पार्टी कमिटीका प्रमुखहरु रहेको उक्त कार्यशालामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतमा केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरुले गरेका कामहरु लिएर जनतामा जान निर्देशन दिए ।

उनले सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्नुपर्ने बाध्यता रहेको भन्दै एमालेलाई उनीहरुको गठबन्धन र तालमेलले कुनै फरक नपर्ने दावी समेत गरे ।
यो हरिणको कुनै छनोट होइन, बाध्यता हो । नत्र त बाघले खाइहाल्छ । एमालेलाई अगाडि देखेपछि गठबन्धन गर्नुपरेन त तर, यसले हामीलाई फरक पार्दैन’, ओलीको भनाइ छ । उनले दिनदिनै हजारौं मानिस एमालेमा प्रवेश गरिरहेकाले एमालेको विजय सुनिश्चित भएको दावी समेत गरे ।

कार्यक्रममा प्रतिवद्धतापत्र मस्यौंदा समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिवद्धता पत्रका सैद्धान्तिक पक्षमाथि व्याख्या गरेका छन् भने मस्यौदा समितिका सदस्यसचिव सुशील ज्ञवालीले प्रतिवद्धतापत्रका बारेमा विस्तृत व्याख्या गरेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com