Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

प्रमुख प्रतिपक्षी दल एमालेको संसद बहिष्कारका बीच विनियोजन विधेयक २०७९ पारित

असार, २ काठमाडौ । प्रतिनिधिसभा बैठकमा बिहीबार अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्ताव बहुमतले पारित गरेको छ । त्यसअघि विनियोजन विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएपछि एमाले सांसद गोकर्ण विष्टले समय मागेर एमालेको धारणा राखेका थिए । उनले अर्थमन्त्रीले बाहिरी ब्यक्ति मन्त्रालय लगेर करका दरमा हेरफेर गरेको आरोप लगाउँदै एमालेले मन्त्री शर्माको राजीनामा मागिरहेको बताए ।

उनले यतिबेलासम्म प्रधानमन्त्रीले बर्खास्त गरिसक्नुपर्ने बताउँदै कतिपय देशमा यस्ता घटना राज्यद्रोहको घटनाको रुपमा लिएर अनुसन्धान हुने समेत बताए । सन् २००४ मा अष्ट्रेलियामा अर्थमन्त्री काल्र्सले करको दर फेरिएकोबारे नजिकको व्यापारीलाई सूचना चुहाएको खबर बाहिरिएपछि तत्काल प्रधानमन्त्रीले बर्खास्त गरेर मुद्दा चलाएपछि उनी १० वर्ष जेलमा परेको बताए ।

सन् २०१८ मा दक्षिण अफ्रिकामा अर्थमन्त्री नाहालाले बजेट निर्माणको क्रममा एक व्यापारीसँग गोप्य भेटघाट गरेको र करको दर चुहाएको आरोप लागेपछि उनले राजीनामा दिएको बताए । उनले विश्वमा कम्तिमा यस्ता घटना ११ वटा रहेको उनले बताए । यस प्रकारको गम्भीर घटना सार्वजनिक भएको अवस्थामा पनि अर्थमन्त्री जवाफ दिन संसदको कुर्सीमा बसिरहनु लोकतन्त्रका लागि लज्जाको विषय भएको उल्लेख गरे ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com