Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

भूकम्प प्रभावित जाजरकोटका एक लाख ४० हजारले लगाए दादुरा र रुवेलाविरुद्धको खोप

जाजरकोट – भूकम्पबाट प्रभावित जाजरकोटमा सरकारले सञ्चालन गरेको दादुरा र रुवेला तथा टाइफाइडविरुद्धको खोप कार्यक्रममा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन् । गएको पुस ४ देखि सञ्चालन भएको खोप अभियान अन्तर्गत छ महिनादेखि १५ वर्षसम्मका ६८ हजार तीन सय ४४ बालबालिकाले दादुरा–रुवेला खोप लगाएका छन् ।

त्यस्तै १६ देखि ४५ वर्षसम्मका ७२ हजार पाँच सय ४७ जनाले टाइफाइडविरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । कार्यालयका कोल्डचेन सुपरभाइजर शान्तबहादुर बुढाथोकीका अनुसार दादुरा–रुवेला खोप ९९ प्रतिशत र टाइफाइड ८८ प्रतिशत खोपको पहुँच पुगेको छ ।

आपतकालिन अवस्थामा श्वासप्रश्वास, दूषित पिउने पानी र विभिन्न खानेकुराबाट सर्ने रोग फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिमलगायत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालिकोट र जुम्ला जिल्लामा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।

गएको वर्ष जाजरकोटमा दादुराको सङ्क्रमण देखापरेको थियो । सरकारले हरेक पाँच–पाँच वर्षमा दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने गरेको भए पनि भूकम्प प्रभावित र आसपासका जिल्लामा पाँच वर्ष नपुग्दै दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बताउनुभयो। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com