Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बलात्कार आरोपमा मार्सल रोका दुई दिनदेखि हिरासतमा

जेठ,१८ काठमाडौं । दाङमा युवा वैज्ञानिक मार्सल रोका बलात्कार आरोपमा दुई दिन प्रहरी हिरासतमा रहेका छन् । तुलसीपुर उपमहानगरकी एक युवतीले आफूलाई रोकाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दर्ता गरे पछि उनलाई पक्राउ गरिएको छ ।

दाङ प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार युवा वैज्ञानिक रोकालाई मंगलबार पक्राउ गरिएको र बुधवार दाङ जिल्ला अदालतबाट सात दिनको हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए पछि अनुसन्धान सुरु भएको छ । घोराही–१६ कपासेका रोका युवा वैज्ञानिकका रूपमा परिचित छन् । उनले स्कुले जीवनदेखि नै विभिन्न यन्त्रको आविष्कार गर्दै आएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com