Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बाजुरामा खसेको मत भन्दा बढी देखिएपछि मतगणना रोकियो

मंसिर,१६काठमाडौं । बाजुरामा हिजो बेलुकाबाट सुरू भएको मतगणना अहिले रोकिएको छ।
जिल्लाका चार वटा मतदान केन्द्रको २ हजार ३ सय १२ मत खसेको भन्दै मतदान अधिकृतले डाटा दिएका थिए। तर, मतगणना गर्दा उक्त मतदान केन्द्रहरुमा ३० मत बढी देखिएपछि मतगणना रोकिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख नवराज अवस्थीले बताए ।

उनका अनुसार खसेको मत भन्दा बढी मत भएपछि अहिले असमझदारी र विवाद आएकाले एकछिनका लागि मतगणना कार्य रोकिएको हो।
‘उक्त विषयमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ, केहि छिनमै फेरि सुचारु हुन्छ’, उनले भने।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com