Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सालझारी सामुदायिक वनमा आगलागी हुँदा एक जनाको मृत्यु,२ जना घाइते

फागुन,१४ काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिका ८ मा पर्ने सालझारी सामुदायिक वनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । हिजो वनमा काठ काट्न गएका १२ जनामध्ये तीन जना आगलागीमा परेर जलेका छन्।

ज्यान गुमाउनेमा खाँडाचक्र नगरपालिका २ का ५५ वर्षीय जयलाल विक रहेका छन् । त्यस्तै घाइते हुनेमा नरहरिनाथ–८ का ४७ वर्षीय अदाने विष्ट र ३२ वर्षीय धिरेन्द्र विष्ट रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख जयश्वर रिमालले बताउनु भयो ।

आगलागीबाट घाइते भएका अदाने विष्टलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको र उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौको कीर्तिपुर अस्पताल रिफर गरिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com