Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

इजरायली आक्रमणमा ११ जना प्यालेस्टाइनीको मृत्यु

इजरायली सेनाले वेस्टबैङ्कमा बुधबार गरेको आक्रमणमा कम्तीमा ११ जना प्यालेस्टाइनीहरू मारिएका छन् भने १०० जनाभन्दा बढी घाइते भएका छन् ।
इजरायलमा आक्रमण गर्ने योजना बनाएका तीन संदिग्धहरूलाई लक्षित गरी कारबाही गरिएको इजरायली सेनाको दाबी छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र इजरायल सुरक्षा एजेन्सीले संयुक्त विज्ञप्ति जारी गर्दै सो बारे जानकारी दिएका हुन् । इस्लामिक जिहाद लडाकु समूहले इजरायली सेनासँगको भिडन्तमा आफ्ना दुई कमाण्डर मारिएको बताएको पनि सीएनएनले उल्लेख गरेको छ ।

लायन्स डेन उग्रवादी समूहले पनि आफ्ना सदस्यहरू सो भिडन्तमा संलग्न भएको पुष्टि गरेको छ तर तिनीहरूका सदस्यहरू मारिएका छन् वा छैनन् भनी स्पष्ट पारेको छैन । नाब्लस आक्रमणमा मारिएका मध्ये एक हमास सदस्य रहेको प्यालेस्टिनी लडाकु समूहले जनाएको छ । हमासले हुसम सलीमलाई सदस्य र शहीद भएको दाबी गरेको छ ।

आईडीएफले एकजनालाई भाग्ने क्रममा गोली लागेको र अन्य दुईजना सेनासँगको गोली हानाहानमा मारिएको सीएनएनले जनाएको छ । इजरायली अधिकारीहरूले जनाएअनुसार संदिग्धहरूले इजरायली सेना विरुद्ध ढुङ्गा, मोलोटोभ ककटेल र विस्फोटक उपकरणहरू प्रहार गरेका थिए ।
त्यसैगरी प्यालेस्टाइनका अनुसार सो झडपमा कम्तीमा १०२ जना घाइते भएका छन् ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com