Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

कुटपिट गरी एक जनाको हत्या, ६जना पक्राउ

मंसिर,१६काठमाडौं । धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ।
हिजो राति मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको कुटपिट गरी हत्‍या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।

उनको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
प्रभु यादव र सोही ठाउँका सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद थियो।

त्यही विवादको क्रममा उनीमाथि कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो।

त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेश कुमार यादवसहित ६ जनालाई पक्राउ गरेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com