Yeti Khabar

२०८१ भाद्र ३१, सोमबार - Mon Sep, 2024 -

फ्रान्समा प्राकृतिक प्रकोपको लागत २३ वर्षयताकै उच्च

पेरिस । प्राकृतिक प्रकोपका कारण गत वर्ष फ्रान्सेली बीमा कम्पनीहरूले १० अर्ब युरो (१०.९ अर्ब अमेरिकी डलर) को क्षति बेहोर्नुपरेको छ । यो दुई दशकमा सबैभन्दा उच्च क्षति हो ।

फ्रान्स एश्योरर्सकी अध्यक्ष फ्लोरेन्स लस्टम्यानले गत वर्ष आएको असिना, बाढी र खडेरीलाई उद्धृत गर्दै युरोप–१ रेडियोसँग भनिन्, “यो वर्ष विपत्तिका कारण इन्सोरेन्स कम्पनीहरूले ठूलो क्षति व्यहोर्नुपरेको छ ।

प्राकृतिक प्रकोपका कारण बिमा उद्योगले सन् २०१७ देखि सन् २०२१ को बीचमा प्रति वर्ष औसतमा ३.५ अर्ब युरो खर्च गर्नुपरेको उनले बताइन् ।

सन् १९९९ मा फ्रान्समा आएको आँधीबेहरीपछि सन् २०२२ को यो आँकडा सबैभन्दा बढी हो ।
बीमा महासंघले आगामी ३० वर्षमा प्राकृतिक प्रकोपबाट प्राप्त हुने रकम १४० अर्ब युरोभन्दा बढी क्षति हुने बताएको छ ।

पुनर्बीमा कम्पनी ‘स्वीस रि’ले गत डिसेम्बरमा प्राकृतिक र मानव सिर्जित विपत्तिका कारण सन् २०२२ मा विश्वभर २६८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको जनाएको थियो ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com