Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

भाडामा बिहेको पहिरनदेखि दौरा सुरुवालसम्म : कति शुल्क, कस्तो सर्त ?

काठमाडौं । विवाह वा कुनै विशेष समारोहमा लगाइने औपचारिक पहिरन एक पटक लगाएपछि दोहोर्‍याएर लगाउने चलन कमै हुन्छ । जबकि यस्ता पहिरन निकै महंगो पर्छ । जस्तो, विवाहमा दुलहीले लगाउने एउटै गाउनको मूल्य कम्तीमा ८० हजार रुपैयाँ पर्छ । एक दिन वा एक पटकका लागि यति खर्चिलो लुगा लगाउन कति सम्भव होला रु

उपभोक्ताको यस्तै मनोविज्ञानलाई बुझेर अहिले सहरमा ‘भाडाको लुगा’ उपलब्ध हुन थालेका छन् । खासगरी महंगा औपचारिक पहिरन निश्चित समयका लागि भाडामा लिन पाइन्छ ।

कुरा गरौं, कपडा रेन्टबाट । कपडा रेन्टले थरीथरी डिजाइनका पहिरनलाई भाडामा दिने गरेको छ । यहाँ महिला पुरुष दुवैको लागि पार्टी वेयर ड्रेस भाडामा पाइन्छ । कपडा रेन्टले महिलाका लागि विशेषगरी साडी, गाउन र लेहेंगा तथा पुरुषका लागि सुट र दौरा सुरुवाल भाडामा दिने गर्छ ।

पुलचोकस्थित एन्टिडोट नेपालमा पनि छानी छानी भाडामा ‘पार्टी वेयर’ पाइन्छ । वास्तवमा धेरैलाई पार्टीमा एक पटक लगाइसकेको कपडा फेरि अर्को पार्टीमा लगाउन मन लाग्दैन । पटक पटक नयाँ कपडा सिलाउन झन्झट त हुन्छ नै, आर्थिक भार पनि थपिन्छ । यस्तै समस्यालाई मध्यनजर गरेर एन्टिडोट सञ्चालन गरेको एन्टिडका सञ्चालक मनिषजंग थापा बताउँछन् ।

केही समयअघिदेखि भने एन्टिडटले सेकेन्ड ह्यान्ड कपडा पनि बिक्री गर्दै आएको छ । अहिले एन्टिडट पार्टी वेयरमा पनि बेहुलीको लुगा भाडामा बेच्न केन्द्रित छ । कोरोना महामारीअघि भाडामा कपडा किन्ने ग्राहकहरूको संख्या राम्रै भए पनि कोरोना महामारीपछि ग्राहकको संख्या घटेकाले पार्टी ड्रेस भन्दा बेहुलीको कपडा, लेहेंगा, साडी आदिलाई बढी प्राथमिकता दिन थालेको थापा बताउँछन् ।

यसैगरी क्लासिक कर्भले पनि विगत आठ वर्षदेखि पार्टी वेयर कपडा भाडामा दिंदै आएको छ । पार्टी वेयर साडी, कुर्ता लेहेंगा, गाउन र बेहुलीको लागि ब्राइडल साडी, लेहेंगा भाडामा लिन सकिन्छ । यहाँ बेहुलाको लागि दौरा सुरुवाल पनि भाडामा पाइन्छ ।

क्लासिक कर्भकी सञ्चालिका राधिका ध्वजु फेसन डिजाइनर पनि हुन् । आफू स्नातक तहमा पढ्दै गर्दा केटी साथीहरूको समूहमा पार्टी वेयर कपडाको बारेमा धेरै कुरा हुन्थ्यो । ‘आज पार्टीमा जानु छ, आफूसँग भएको कपडा अघिल्लो पार्टीमा लगाइसकें के लगाउने होला भनेर छलफल नै गर्थे,’ उनी सुनाउँछिन्, ‘त्यो समस्या त आफ्नो पनि एक पटक एउटा पार्टीमा लगाएको लुगा अर्कोमा लगाउन मन लाग्दैन । आज त जमानै अर्को छ ।’

त्यसैले उनले कपडा डिजाइन गरेर भाडामा दिंदा कस्तो होला भनेर घोत्लिइन् । अन्ततः सुरु भयो क्लासिक कर्भ ।

कति खर्च, कस्तो सर्त ?

कपडा रेन्टले कुनै पनि पहिरन कम्तीमा तीन दिनको लागि भाडामा दिने गर्छ । यदि त्यो भन्दा बढी अवधिका लागि भाडामा लिने हो भने सोही अनुसार शुल्क लाग्ने गर्छ ।

कपडा रेन्टबाट महिलाको पहिरन एक पटक भाडामा लिंदा एक हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म पर्छ । यसैगरी पुरुषको पहिरन ८०० रुपैयाँदेखि २ हजार रुपैयाँसम्म पर्छ । दुलही र दुलहाका लागि थरीथरी डिजाइनको पहिरन कपडा रेन्टले भाडामा दिंदै आएको छ ।

तीन दिनपछि प्रयोग गरेको कपडा जस्ताको तस्तै फर्काउनुपर्ने सञ्चालक समुद्रराज अर्याल बताउँछन् । कपडामा दाग लागेको, च्यातिएको पाइएमा त्यसको मर्मतका लागि थप शुल्क तिर्नुपर्ने हुन्छ ।

कपडा रेन्टले भर्खरै एउटा नयाँ सुविधा पनि ल्याएको छ । कसैले ब्राइडल हेभी ड्रेस बनाएर एक पटक मात्र प्रयोग गरेको छ भने कपडा रेन्ट मार्फत त्यसलाई भाडामा लगाउन सकिन्छ । कपडा रेन्टमा १८ देखि ३५ वर्ष उमेर समूहका लागि उपयुक्त कुर्ता, लेहेङ्गा, साडी र गाउनका १२० कलेक्सन छन् ।

यसैगरी एन्टिडटको इन्टाग्राम वा फेसबुक पेजमा गएर आफूलाई आवश्यक पहिरन भाडामा लिन पाइन्छ । एन्टिडटले काठमाडौंबाहिरका उपभोक्तालाई पनि लक्षित गरेर ६ दिनको लागि परिहन दिने गरेका छन् ।

एन्टिडटमा एक पटक कपडा भाडामा लिंदा ५ हजारदेखि १२ हजार रुपैयाँसम्म पर्छ । कपडा भाडामा लिंदा नागरिकता वा पासपोर्टको फोटोकपी र केही रकम डिपोजिट गर्नुपर्छ । कपडा फिर्ता गरेपछि त्यो डिपोजिट गरिएको रकम फिर्ता दिइन्छ । कपडामा केही क्षति भएको छ भने डिपोजिट छोडिएको पैसाबाट मर्मत गर्न लाग्ने पैसा कटाइन्छ ।

क्लासिक कर्भले पार्टी वेयर साडी, कुर्ता, लेहेङ्गा, गाउन र बेहुलीको लागि ब्राइडल साडी, लेहेङ्गा क्लासिक कर्भमा भाडामा लिन सकिन्छ । यहाँ बेहुलाको लागि दौरा सुरुवाल पनि भाडामा पाइन्छ ।

क्लासिक कर्भमा एक पटक प्रयोगको लागि ब्राइडल ड्रेस भाडामा लिंदा २५ सय रुपैयाँदेखि ३५ सय रुपैयाँसम्ममा भाडामा पाइन्छ भने पार्टी वेयरहरु भने ५०० देखि २ हजार रुपैयाँसम्म पर्छ । बेहुलाको दौरा सुरुवालको भने २५ सय रुपैयाँ पर्छ ।

क्लासिक कर्भमा एक पटक प्रयोगको लागि ब्राइडल ड्रेस भाडामा लिंदा २५ सय रुपैयाँदेखि ३५ सय रुपैयाँसम्ममा भाडामा पाइन्छ भने पार्टी वेयरहरु भने ५०० देखि २ हजार रुपैयाँसम्म पर्छ । बेहुलाको दौरा सुरुवालको भने २५ सय रुपैयाँ पर्छ ।

क्लासिक कर्भबाट पार्टी वेयर कपडा भाडामा लिंदा नागरिकता, लाइसेन्स वा ५ हजार रुपैयाँ डिपोजिट छोड्नुपर्छ । ब्राइडल ड्रेसमा भने १० हजार रुपैयाँ डिपोजिट गर्नुपर्छ । भाडामा लगेको कपडा धेरै क्षति भयो भने त्यो कपडा ग्राहकले नै खरिद गर्नुपर्ने हुन्छ ।अनलाइन खबर बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com