Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

नागरिकता विधेयक राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ, ढिलो नहुनुपथ्र्यो: दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिले रोक्न नहुने बताएका छन्।
पाँच दिने जापान भ्रमणबाट बुधबार नेपाल फर्किने क्रममा त्रिभूवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले नागरिकता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नु नहुने बताए। उनले नागरिकता प्रमाणिकरणका लागि ढिलो गर्नु नहुने पनि बताए। सञ्चारकर्मीहरुको जिज्ञासाको संक्षिप्त जवाफ दिदैँ उनले भने, ‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने मलाई लाग्छ। र ढिलो नहुनुपथ्र्यो।’

त्यस्तै अध्यक्ष दाहालले जापान भ्रमणका क्रममा लिवरल डेमोक्रेटिक पार्टी जापानका पूर्व महासचिव, वरिष्ठ नेता, पूर्व अर्थ, व्यापार र उद्योग मन्त्री संसद सदस्य एवं नेपाल–जापान संसदीय समितिका सभापति तोसिहिरो निकाइसँगको भेटमा एकअर्काको सहयोगलाई अभिवृद्धि गर्ने कुरा भएको बताए। उनले आफूले सो भेटमा नेपालको फोहोर व्यवस्थापनका लागि र टेनेलका लागि जापानको सहयोग मागेको बताए। जापानले नेपालमा कृषि, पर्यटन, पूर्वाधार निर्माण लगायतको क्षेत्रमा लगानी बढाउन पनि आफूले आग्रह गरेको उनको भनाई छ।

उनले आफ्नो जापान भ्रमण राम्रो भएको प्रतिक्रिया दिए। उनले आफ्नो भ्रमणका क्रममा जापानमा रहेका नेपालीहरु र जापानी अधिकारीहरुको पनि सक्रिय सहभागिता रहेको बताए। नागरिक दैनिक

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com