Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

बेम्बो नियाशा सुज फ्याक्ट्रिमा सोमबार साँझ आगलागी

कात्तिक, ८ काठमाडौँ । बालाजुको लोलाङ हाइटमा सोमबार साँझ आगलागी भयो । बेम्बो नियाशा सुज फ्याक्ट्रिमा लक्ष्मी पूजा गर्दा बालेर छाडेको दीयोबाट आगो सल्किएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

बेम्बो नियाशा सुज फ्याक्ट्रि लिला बहादुर कार्कीले संचालन गरेका हुन् । उनका छोरा सविन कार्की दिपावली गरेपछि कार्यालय बन्द गरेर घरमा पूजा गर्न हिँडेका थिए । घरमा नपुग्दै आगोको झिल्को देखेपछि अफिस खोल्दा आगोमा परेर उनको हातमा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए ।

जुत्ता कारखानाबाट सल्केको आगोका कारण सो घरमा संचालित गोरखाली रेष्टुरेण्ट र मोटरसाइकल वर्कशपमा क्षति पुगेको छ । सुरक्षाकर्मीले ४ वटा दमकल र आधा दर्जन ट्यांकरको सहायताले आगो नियन्त्रणमा लिएका थिए ।

अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने–‘दिपावली गरेर घरमा पूजा गर्न जाँदा दीयोबाट आगो सल्किएर दुर्घटना भएको देखियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com