सुनको मूल्य घट्यो
सुनको मूल्य प्रतितोला ९७ हजार २ सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ।