Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

पहिलो पटक रुपन्देहीमा विद्युतीय बस सञ्चालनमा

काठमाडौं १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजी कम्पनीले सञ्चालनमा ल्याएको विद्युतीय बसको उद्घाटन गरेका छन् । अध्यक्ष ओलीले आज रुपन्देहीमा विद्युतीय बसको उद्घाटन गरेका हुन् ।

yetikhabar.com

काठमाडौं उपत्यका बाहिर पहिलो पटक रुपन्देहीमा सुन्दर यातायात प्रालिले विद्युतीय बस सञ्चालनमा ल्याएको छ । ओलीले सो बसमा यात्रा पनि गरेका थिए । कम्पनीका सञ्चालक डिआर घिमिरेले विद्युतीय बसको शुभारम्भ गरेका ओली सो बसमा चढेर लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भएको बताए ।
सुन्दर यातायातले चिनियाँ बीओके ब्रान्डका बस भैरहवा–बुटवल र बुटवल–सालझण्डी हुँदै कपिलवस्तुसम्म विद्युतीय बसहरू चलाउने भएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com