Yeti Khabar

२०८१ बैशाख २६, बुधबार - Wed May, 2024 -

अमेरिकी अभिनेत्री मेरी माराको निधन

पपुलर अमेरिकी अभिनेत्री मेरी माराको निधन भएको छ । ६१ वर्षीय अभिनेत्रीको नदीमा डुबेर निधन भएको हो । उनको निधनको विषयमा पुलिस अधिकारीले अहिले अनुसन्धान गरिरहेको छ । पुलिस अधिकारीका अनुसार उनको शव आइतबार केप विन्सेन्टको स्टिफन लोरेन्स नदीमा भेटिएको थियो । उनी पौडी खेल्न जाँदा नदीमा डुबेर मृत्यु भएको पुलिस अधिकारीको अनुमान रहेको छ ।

थियटरबाट फिल्म अभिनय सुरु गरेकी अभिनेत्रीले १९९२ मा ‘लव पोशन नम्बर ९’ बाट फिल्म डेब्यु गरेकी थिइन् । त्यसपछि थुप्रै फिल्म अभिनय गरेकी उनले टीभीमा पनि पहिचान बनाएकी छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com