साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निधन
![](https://www.yetikhabar.com/wp-content/uploads/2023/09/Parajuli2023-09-12-01-19-41-1024x536.jpeg)
भदौ,२६ काठमाडौं । साहित्यकार एवं पत्रकार राजेन्द्र पराजुलीको निमोनियाका कारण आज ५९ वर्षको उमेरमा निधन भएको छ। उनलाई गएराति छातीमा समस्या भएपछि ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा भर्ना गरिएको थियो।
![](https://www.yetikhabar.com/wp-content/uploads/2023/10/purbdhar-bikasha-karyalay-sindhupalchok-chautara-1-946x1024.png)
सघन उपचार कक्षमा उपचाररत पराजुलीलाई बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। पराजुलीको निधनपछि भारतको गोवामा रहेका उनका छोरा स्वदेश फर्कँदै छन्। उनको आज दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताएको छ ।