Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा

माघ १२ काठमाडौं । बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ओसमान डेम्बेलाको निर्णायक गोलमा बुधबार राति बार्सिलोनाले रियल सोसिडाडलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

बार्सिलोनालाई जिताउन फ्रेन्च फरवार्ड डेम्बेलेले खेलको ५२औं मिनेटमा गोल गरे । त्यसअघि पहिलो हाफको अन्त्तयतिर ब्राइज मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड दश खेलाडीमा समेटिएको थियो ।

यस सिजन उत्कृष्ट लयमा रहेको बार्सिलोना ला लिगाको शीर्ष स्थानमा छ भने २०२३ को सुरुमै रियल मड्रिडलाई हराएर स्पानिस सुपर कपको उपाधि जितिसकेको छ ।

यस्तै अर्को खेलमा सेभियालाई अतिरिक्त समयमा २(१ ले पराजित गर्दै ओसासुना पनि कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा एजेक्वेएल एखिभालले ७१औं मिनेटमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । तर युसु एन नेस्रीले इन्जुरी टाइममा गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

बार्सिलोनाबाट लोनमा गएका विंगर अब्डे एज्जालजोउलीले ९९औं मिनेटमा निर्णायक गोल गर्दै ओसासुनालाई जिताए । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com