Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

मुड्केचुला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

जेठ,२ काठमाडौं । डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी भएको छ ।

अध्यक्षमा माओवादी केन्द्रका दत्तबहादुर शाही विजयी भएका छन् । शाहीले १४०४ मत पाए उनका प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले १३६७ मत ल्याए ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै दुदा रोकाय विजयी भइन् । उनले १४५८ मत पाइन् उनकी प्रतिद्वन्द्वी एमालेकी सविताकुमारी रोकायले १२९८ मत पाइन् ।

गाउँपालिकाका ८ वटा वडामध्ये वडानम्बर १, २, ३, ४, ५, ७ र ८ माओवादीले जितेको छ भने ६ नम्बर वडा एमालेले जितेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com