Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सर्लाहीमा फेरि झडप, ५ राउन्ड हवाइफायर

काठमाडौं ३१ वैशाख । सर्लाहीको कोडेना गाउँपालिकामा दलहरूबीच झडप भएको छ।
पुनः मतदान गर्न माग गरिरहेका जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (माओवादी केन्द्र) र मतगणना गर्न माग गरिरहेका नेपाली कांग्रेसका नेता(कार्यकर्ताबीच कोडेना बजारमा झडप भएको हो।

त्यसै क्रममा कांग्रेस समर्थकले कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय सवार गाडीमा ढुंगामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको थियो।
स्थिति तनावग्रस्त भएपछि प्रहरीले ५ राउन्ड हवाइफायर गरी झडप नियन्त्रणमा लिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए।

कौडेना गाउँपालिका-४ स्थित मोतिपुरमा पुनः मतदान गर्नुपर्ने जसपा, लोसपा र माओवादीले माग गरिरहेको छ भने कांग्रेसले मतदान गणना गर्न माग गरिरहेको हो।

कोडेनाका निर्वाचन अधिकृत विश्वनाथ अर्यालका अनुसार मतदानमा धाँधली भएको भन्दै जसपा नेताले पुनः मतदान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज निवेदन समेत दिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com