Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु ७ जना घाइते

काठमाडौं २० चैत । डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
आज साँझ ७ बजे पूर्वीचौकी गाउँपालिका १ दौरीकोटमा साझघाटबाट गैरागाउँ जाने क्रममा से १ ज ८३९ नम्बरको जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा ७ जना घाइते भएको र उनीहरुको उद्वार गर्ने काम भइरहेको जिल्ला प्रहरीले कार्यालय डोटीका डिएसपी भोलाकुमार भट्टले जानकारी दिए।

अहिलेसम्म घाइते यकिन सात रहेको भए पनि अझै थप हुनसक्ने उनले बताए। जीप सडकबाट अन्दाजी ६ सय मिटर तल खोलामा खसेको भट्टले बताए।
जीप चालक फरार रहेका छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com