Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छ : अर्थमन्त्री महत

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताउनुभएको छ । 

शुक्रवार आज बसेकाे राष्ट्रिय सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकको दफावार छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा सरकार सचेत रहेको बताउनुभएको हो । 

ऋण लिएर कहाँ खर्च गर्ने र प्रतिफल कसरी सुनिश्चित गर्ने भन्नेमा सरकार गम्भीर रहेको उहाँको भनाइ छ । उहाँले आवश्यकताको आधारमा ऋण लिनुपर्ने बताउनुभयो । उत्पादन वृद्धि र पुँजी निर्माणमा सघाउनेगरी ऋण लिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

उहाँले भन्नुभयो – ‘हामीले जुन ऋण उठाइराखेका छौँ । त्यो हाम्रो आवश्यकता अनुसार उठाउनुपर्छ । हाम्रो आवश्यकता के छ ? कुन क्षेत्रमा सबैभन्दा ज्यादा प्रभाव पर्छ ? यसले उत्पादन वृद्धि, पुँजी निर्माणमा कति सघाउँछ ? भनेर नै हामीले ऋण लिनुपर्छ । हामीले सोच्नुपर्ने चाहिँ के हो भने कति ऋण लियौँ भन्नेभन्दा पनि त्यो ऋण कहाँ खर्च गर्यौँ ? कसरी खर्च गर्यौँ ? त्यो महत्त्वपूर्ण कुरो हो ।’

राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ । राष्ट्रिय सभाको अर्को बैठक साउन १ गते सोमवार दिनको १ बजे बस्नेगरी बोलाइएको छ ।उज्यालो बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com