Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

पुष,५ काठमाडौं । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् ।

दुर्घटनामा आठबीसकोटका ४६ वर्षीय लोकबहादुर शाही, उहाँकी श्रीमती ४२ वर्षीया लुकी शाही, ४८ वर्षीय धनराम सार्की, ५२ वर्षीय भर्दर सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबीसकोटका प्रहरी निरीक्षक नवीनले बताउनु भयो ।

घाइते हुनेहरुमा आठबीसकोटकै खड्कबहादुर पुन, रमेश सार्की, दलबहादुर पुन, कुमारघर्ती, रमा गुरुङ, जगवीर सार्की, जयबहादुर घर्ती, मने सार्की र मदन पुन रहेका र सबैको नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

पिरिकोट भित्री सडकखण्डको वडा नम्बर– ८ घर्तीगाउँ जाँदै गरेको रा १ द १४ नम्बरको ट्र्याक्टर घुम्ती मोड्न खोज्दा गएराराति दुर्घटना भएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com