Yeti Khabar

२०८१ जेष्ठ ७, सोमबार - Mon May, 2024 -

गाउँपालिका भवन उद्घाटन गर्न सार्वजनिक बिदा

बैशाख,२८ काठमाडौं । सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड जाने भएका छन्। दार्मा गाउँपालिका-३ मा रहेको पालिकाको प्रशाकीय भवन बिहान ११ बजे उद्घाटन गरिँदैछ।

भवन उद्घाटनका लागि प्रधानमन्त्री नै जाने भएपछि पालिकाभरी सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले कार्यपालिका बैठकले निर्णय गरेर प्रशासकीय भवन उद्घाटनको दिन पालिकाभरी सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारि दिए ।

स्थानीय सरकारले वर्षमा पाँच दिन सार्वजनिक बिदा दिन पाउँछ।त्यसमा अझै तीन दिन बाँकी नै थियो। प्रधानमन्त्री आउने भनेपछि कर्मचारीहरूले अरू काम पनि गर्न नभ्याउने भएर बिदा दिइएको हो, उनले भने। पालिकाभित्र बिदा दिन पाउने अधिकार स्थानीय सरकारलाई भएको पनि उनले बताए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com