Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

ट्रयाक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु,सात जना घाइते

फागुन,२५ काठमाडौं । रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी सल्यान कुमाख गाउँपालिका-६ का ३२ वर्षीय टोपबहादुर बिकको उपचारका क्रममा मृत्यु भएको हो।

रोल्पाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारु मगरले बिकको उपचारका क्रममा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिहीबार बिहान १२ बजेर ४७ मिनेटमा मृत्यु भएको जानकारी दिए।

रोल्पाको त्रिवेणी गाउँपालिका-२ दहवनस्थित शहीद मार्ग हुँदै भाङ्गोबारी तर्फ जाँदै गरेको रा १ त १७२५ नम्बरको ट्रयाक्टर बुधबार बेलुका ८ बजेतिर दुर्घटना हुँदा आठ जना घाइते भएका थिए।

घाइते सबैलाई उपचारका लागि दाङ ल्याइएकोमा सल्यानका बिकको उपचारका क्रममा मृत्यु भएको हो।
उक्त दुर्घटनामा परी सल्यानको दारमा गाउँपालिका–४ का ५४ वर्षीय विरबल बिक, सल्यानको बागचौर–३ का २६ वर्षीय खुमराज बिक, कुमाख–६ का ४० वर्षीय दन्दविर वली, ३० वर्षीय रमेश बोहोरा र ३० वर्षकै हेमराज बोहोरा घाइते रहेको प्रहरीले जानकारी दिएको छ।

उनीहरू सबै सडकको काम गर्न जान लागेको मदजुरहरू रहेको प्रहरीले बताएको छ।
फलामे छडसहित मजदुर बोकेर भाङ्गोबारी तर्फ जान थालेको ट्याक्टर चिप्लो बाटोको कारण दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com