Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

दक्षिण अफ्रिका र अस्ट्रेलिया सेमिफाइनलमा भिड्ने, भारतको प्रतिस्पर्धी टुङ्गो लाग्न बाँकी

काठमाडौँ । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत तीनवटा टिम सेमिफाइनलमा पुगेका छन् भने एउटा टिमको टुङ्गो लाग्न बाँकी छ । मंगलबार अफगानिस्तानलाई पराजित गरेसँगै अस्ट्रेलियाले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यसअघि भारत अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने पहिलो टोली बनिसकेको थियो । त्यस्तै दक्षिण अफ्रिका पनि अंक तालिकामा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

अंक तालिकाको पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाले लिग चरणका ८–८ खेल खेलिसकेका छन् । यी तीनै टिमले अब एक–एक खेल खेल्न बाँकी छ । यद्यपि यी तीनै टिमको बाँकी खेलले यिनको आफ्नै समीकरणमा भने खासै प्रभाव पार्ने छैन । किनकि, भारत १६ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो र तेस्रो स्थानमा रहेका दक्षिण अफ्रिका र अस्ट्रेलियाको समान १२–१२ अंक छ ।

शीर्ष चार टोलीमध्ये पहिलो सेमिफाइनल खेल पहिलो नम्बरमा रहेको टिम र चौथो नम्बरमा रहेको टिमबिच हुनेछ । यस्तै, दोस्रो र तेस्रो नम्बरमा रहेका टिमबिच दोस्रो सेमिफाइनल खेल हुनेछ । त्यसैले आफ्नो बाँकी एक खेलमा दक्षिण अफ्रिका र अस्ट्रेलियाले हारे पनि वा जिते पनि यी दुई टोली नै दोस्रो र तेस्रो पोजिसनमा रहने छन् । किनकि, चौथो स्थानमा पुग्ने टोलीसँग बढीमा १० अंकमात्र हुनेछ ।

यसअर्थ, जारी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुने निश्चित भइसकेको छ । सेमिफाइनलमा पुग्ने चौथो टिमसँग भारतले प्रतिस्पर्धा गर्नेछ । तर, सेमिफाइनलको चौथो सिटका लागि न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान दाबेदारका रुपमा देखिएका छन् । यी तीन वटै टिमसँग हाल ८–८ अंक छ । यिनैमध्ये कुनै एउटा टिमसँग भारतले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com