Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानी एलिजावेथ द्वीतीयासमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं १७ चैत । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानी एलिजावेथ द्वीतीयासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। बिहीबार मध्यान्ह बकिङहम प्यालेसमा आयोजित विशेष समारोहबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

कोभिडको जोखिमका कारण महारानी भने विन्डसोर क्यासलस्थित आफ्नो निवासबाटै भर्चुअल माध्यमले जोडिएर आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझिन्। त्यसक्रममा उनले राजदूत आचार्यको कार्यकाल सफलताको शुभकामना दिँदै उनको पालामा बेलायत(नेपाल सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गरेकी थिइन्।

राजदूत आचार्यसँगको १० मिनेट लामो सम्वादमा महारानीले विगतमा आफूले दुई पटक नेपाल भ्रमण गर्दाको स्मरण गर्दै नेपालको सुन्दरताको प्रशंसा गरेकी थिइन्।

त्यस अवसरमा राजदूत आचार्यले नेपालकी राष्ट्रपति विध्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महारानी र बेलायती जनतालाई शुभकामना सुनाएका थिए।

बेलायतको लागि नेपालको २२औँ राजदूतका रुपमा नियुक्त भएका आचार्यले गत फेब्रुअरी २३ देखि आफ्नो कार्यभार सम्हालेका थिए।

ओहोदाको प्रमाणपत्र पेस गर्न जान राजदूतका लागि बकिङहम प्यालेसबाट परम्पराअनुसार विशेष बग्गी पठाइएको थियो। पत्नीसहित राजदूत आचार्य सोही बग्गी चढेर समारोहमा भाग लिन बकिङहम प्यालेस पुगेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com