चट्याङ पर्दा घरभित्रै रहेकी एक किशोरी घाइते
साउन, ३१ काठमाडौं । दैलेखेको ठाँटीकाँध गाउँपालिका–३ माझखर्कमा गएराति चट्याङ पर्दा घरभित्रै बसिरहेकी एक किशोरी घाइते छिन् । स्थानीय बासिन्दा राजबहादुर बुढाको घरमा चट्याङ परेर उहाँकी १४ वर्षीया छोरी रमा घाइते भएकी हुन् ।
ठूलो पानीसँगै परेको चट्याङले कोठाभित्र सुतिरहेकी रमा घाइते हुनुभएको ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष भरत बमले बताउनुभयो । उहाँको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।