Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

मेट्रो रेल र मोनो रेल चलाउने शाक्यको योजना कागजमै रह्यो

काठमाडौँ २९ फागुन । काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिँदा विद्यासुन्दर शाक्यले दुई वर्षभित्रै महानगरको ‘कायपलट गर्ने घोषणा गरेका थिए । शाक्यले गरेका प्रतिबद्धता र चुनावी घोषणापत्र अनुसार काम गरेका थिए भने यतिबेला काठमाडौँबासीले मेट्रोरेलमा यात्रा गर्न थालेको २ वर्ष हुने थियो ।

गत स्थानीय निर्वाचनमा शाक्यले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा सानादेखि ठूला महत्त्वाकाङ्क्षी योजनाहरू बाँडेका थिए । तीन वर्षमा मेट्रो रेल र २ वर्षमै मोनो रेल कुदाउने शाक्यको विशेष जोड थियो ।

‘म निर्वाचित भएँ भने २ वर्षमै मेट्रो रेलका लागि डीपीआर तयार हुन्छ र तीन वर्षमा रेल चलाएर काठमाडौँको यातायात व्यवस्थित बनाइन्छ मेयर शाक्यले २०७४ सालमा काठमाडौँ महानगरमा मेयरको उम्मेदवारी घोषणा गर्दै गर्दा भनेका थिए । तर, मेट्रो रेल र मोनो रेल चलाउने शाक्यको योजना रेल कागजमै रह्यो र कागजमै बन्द भयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com