Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

श्रीलङ्काका प्रधानमन्त्री गुणवर्द्धना भन्छन्– नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध छ

श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्द्धनाले नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको बताएका छन् । दक्षिण एसियाका नेपाल, भारत र श्रीलङ्का पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री गुणवर्द्धनाले श्रीलङ्कामा करिब ७२ प्रतिशत बुद्धधर्मावलम्बी रहेको र नेपालको लुम्बिनी बुद्धको जन्मस्थल भएकाले पनि नेपाल र श्रीलङ्काबीच धार्मिक सम्बन्ध रहेको बताए ।

“राम, सीता र रावणका विषय धार्मिक इतिहासमा छ । अझ आस्थाको केन्द्र पशुपतिनाथ नेपालमा छ । यसले पनि दुई देशबीचको सम्बन्धलाई थप प्रगाण बनाएको छ”, उनले भने। सङ्कटको समयमा छिमेकी देशले गरेको सहयोग प्रसंशनीय भएजस्तै सञ्चारकर्मीले पनि सकारात्मक समाचार सम्प्रेषण गरेर सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।

“पछिल्लो समय श्रीलङ्काको अर्थतन्त्रमा केही सुधार आएको छ”, उनले भने, “यहीँ सत्यतालाई नेपाल, भारत र श्रीलङ्काका पत्रकारले जिम्मेवारी पूर्वक सूचना प्रवाह गर्नुपर्ने अपेक्षा राखेको छु ।” दक्षिण एसिया नेपाल, भारत, श्रीलङ्काका पत्रकारको समूहलाई श्रीलङ्काको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक स्थितिको बारेमा प्रकाश पार्न र आगामी दिनमा थप पर्यटकलाई श्रीलङ्का भ्रमण गराउन आमन्त्रित गरिएको हो ।

टोलीमा सहभागी पत्रकार सम्झना पौडेलका अनुसार यस ‘मिडिया परिचय टुर’ को आयोजना श्रीलङ्काली सरकार, टुरिजम प्रोमोसन ब्यूरो श्रीलङ्का र एशिया मिडिया कल्चर एशोसियशनले गरेको हो । एएमसिएका अध्यक्ष उपुल जानका जय सिङ्गेले पर्यटन प्रवद्र्धन ब्यूरोकोतर्फबाट मिडिया परिचय टुरले श्रीलङ्काको मात्र नभइ एसियाली देशको नै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा राखिएको बताए ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com