Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सरकारी जग्गा हडप्ने वा सहकारी ठग्ने कसैले पनि उमुक्ति पाउनुहुँदैन : गगन थापा

माघ,२४ काठमाडौं । सांसद तथा कांग्रेस महामन्त्री गगनकुमार थापाले नागरिकताको किर्ते वा सहकारी ठग्ने कसैले पनि उमुक्ति पाउन नहुने बताएका छन्। आज प्रतिनिधिसभाको बैठकमा महामन्त्री थापाले यस्तो बताएका छन्।

उनले भने, ‘नागरिकताको किर्ते वा सहकारी ठग्ने कसैले पनि उमुक्ति पाउनुहुँदैन। चाहे त्यो जुनसुकै पार्टी वा शक्तिकेन्द्रको होस्। सरकारले सुशासनका क्षेत्रमा गरेका कामको अनुभूति जनताले गर्नुपर्छ। संसद् र सत्तापक्ष वा प्रतिपक्षको पनि डबल भूमिका हुनुहुँदैन।’

उनले धान रोप्ने वेला मलखादको कुरा, असार आएपछि विपतको विषयमा कुरा गरेर वा प्रधानमन्त्रीले मात्रै दिएर समस्याको समाधान नहुने स्पष्ट पारे। उनले भने, ‘सुशासनका लागि सरकारको अतिरिक्त पहलकदमी चाहिन्छ। कुनै संस्थाको नेतृत्वले काम गरेजस्तै नेपालको प्रधानमन्त्रीले त्यसैगरी गर्नुपर्छ। विपिन जोशी वा रुसमा पुगेका नागरिकका बारेमा हामीले जान्न पाउनुपर्छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com