Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

सर्लाहीमा बस दुर्घटनामा ४ जनाको मृत्यु

, काठमाडौं १३ चैत । सर्लाहीमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुने चारजनामध्ये दुई जनाको सनाखत भएको छ ।
मृत्यु हुने भारतको वेतिया बेलसन्धि कोडार पिपरा पंचायत वस्ने २५ वर्षीय सुनिल यादव र सिन्धुलीको तिनपटा गाउँपालिका २ बस्ने ३० बर्षीया र्शिला कार्की श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको हो ।

दुर्घटनामा मृत्यु हुने एक जना पुरुष र एक जना महिलाको भने सनाखत हुन नसकेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।उक्त दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com