Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति तय

११ फागुन, काठमाडौं । बलिउड चलचित्र ‘सूर्यवंशी’ले बक्स अफिसमा बम्पर व्यापार गर्दा भारतीय मात्र होइन, नेपाली चलचित्र निर्माता–निर्देशकमा पनि आत्मविश्वास बढ्यो ।

कोरोनाका कारण थिलोथिलो बनेको नेपाली चलचित्र उद्योगलाई अब लयमा फर्काउन सकिन्छ भन्ने विश्वास धेरै निर्मातामा पलायो । यही कारणले होला निर्माताहरुले धमाधम चलचित्रको प्रदर्शन मिति तय गर्न थाले । साउथ चलचित्र ‘पुष्पा’ले बक्स अफिसमा करोडौं रुपैयाँ कमाउँदा नेपाली चलचित्र ‘कठपुतली’ले पनि आशा जगायो ।

तर चलचित्र ‘चपली हाइट ३’ नचलेपछि भने अबको बाटो कस्तो होला भन्ने डर पनि छ ।यही डर र अन्योलका बीचमा आशा सञ्चित गर्दै निर्माता तथा निर्देशक सुदर्शन थापाले फागुन १३ गतेबाट चलचित्र ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन मिति तय गरे । छोटो समय नै भएपनि कलाकारहरुले प्रचारमा कुनै कसर बाँकी राखेनन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com