Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

अभिनेता सोनु सूदले आफ्नो पारिश्रमिकबाट ५० जनाको मिर्गौला प्रत्यारोपण गरिदिने

भारतीय अभिनेता सोनु सूदले विज्ञापनको पारिश्रमिकबाट मिर्गौला प्रत्यारोपण गराइदिने भएका छन्।
उनले एक अस्पातालको विज्ञापन गरेको पारिश्रमिकबाट आर्थिक अवस्था कमजोर भएका ५० जना बिरामीहरूलाई मिर्गौला प्रत्यारोपण गराइदिने बताएका हुन्।
भारतीय सञ्चार माध्यम नवभारत टाइम्सका अनुसार मिर्गौला प्रत्यारोपणको लागि उनले विज्ञापनको १२ करोड भारु पारिश्रमिक सहयोग गर्नेछन्।

एक अस्पताल मसँग काम गर्न चाहन्थ्यो। मैले अस्पतालको विज्ञापन गरेको पारिश्रमिकले ५० जनालाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने प्रस्ताव राखेको थिए। ५० जनालाई मिर्गौला प्रत्यारोपण गर्दा १२ करोड खर्च हुनेछ। अहिले दुई जनाको मिर्गौला प्रत्यारोपण भइरहेको छ। जो सायद यसको खर्च जिन्दगीभर उठाउन सक्दैनथे, उनले भने।

पछिल्लो समय अभिनेता सोनु सामाजिक कार्यमा निकै सक्रिय छन्। उनले सूद फाउन्डेशन मार्फत सामाजिक कार्यलाई अगाडि बढाइरहेका छन्।
सोनुले अन्य विज्ञापनबाट कमाएको पारिश्रमिक पनि यसरी नै परोपकारी काम गरेका छन्। यसअघि कोरोना महामारी समय समस्यामा परेका हजारौं कामदार, विद्यार्थी र किसानहरूलाई सहयोग गरेका थिए। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com