Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

आजदेखि काठमाडौंका घरघरमा मेलम्चीको पानी आउने

काठमाडौं ११ वैशाख । मेलम्चीबाट ल्याइएको पानी आजदेखि फेरि काठमाडौंका घरघरमा पठाइने भएको छ।
गत असारमा मेलम्चीमा आएको बाढीले आयोजनालाई क्षति पुगेको थियो।

क्षति भएका संरचना निर्माण गरेर काठमाडौं ल्याइएको पानी आजदेखि घरघरमा पठाउन लागिएको हो।
खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घरघरमा पानी वितरण सुरू हुनेछ।

गत चैत २९ मा मेलम्चीबाट पानी काठमाडौं पठाउन सुरू गरिएको थियो।
गत माघ १४ गतेदेखि मेलम्ची आयोजनाको मर्मत गरिएको थियो। दुई महिनामा मर्मत सकेर पानी काठमाडौं ल्याइएको छ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com