दाङमा खाना पकाउने क्रममा जलेर एक जना महिलाको मृत्यु
माघ,१९ काठमडौं । दाङमा खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर तुलसीपुर उपमहानगरपालिका– ८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरीको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लका अनुसार हिजो साँझ पौने ८ बजेतिर खाना पकाउने क्रममा बालेको दाउराको आगो कपडामा सल्किएपछि लक्ष्मीको मृत्यु भएको हो।